फिजम कप २०८० को सेमिफाइनलमा बेष्ट ग्रुप भिजन र ग्रामर स्कुल विजयी

काठमाडौ , माघ २५
फिजम कप २०८० को  बिहीबार भएको सेमिफाइनलको खेलहरूमा बेष्ट ग्रुप भिजन र ग्रामर स्कुल विजयी भएका छन्।

सोमवार भएको पहिलो खेलमा ग्रामर स्कुल ५-१ गोल  अन्तरले  विजयी भयो भने दोस्रो खेलमा बेष्ट ग्रुप भिजन ५-० गोल अन्तरले विजयी भयो । बिहीबार भएको  पहिलो र दोश्रो  खेल क्रमशः मोनास्टिक विरुद्ध ग्रामर र लाईसियम विरुद्द बेष्ट ग्रुप भिजन बिच भएको थियो।

मुलपानी चौरमा बिहीबार भएको पहिलो र दोश्रो खेलमा क्रमश: ग्रामरका खेलाडि निरज बोगटी र बेस्ट ग्रुप भिजनका बिकास घिसिङ्गले म्यान अफ द म्याच को उपाधि हासिल गरेका छन्। मोनास्टिक विरुद्द ३ गोल गर्ने निरज र खेलमा जितका महत्त्वपूर्ण योगदान दिने बिकासलाई म्यान अफ द म्याचको उपाधि दिईएको हो । ग्रामर र मोनास्टिक बिहीबार बिहान ११ः०० बजे र बेष्ट ग्रुप भिजन र लाईसियम दिउसो १ः००बजे प्रतिस्पर्धामा उत्रेका थिए  । फिजम कार्यसमितिका अध्यक्ष अमृत कुमार खड्का र कार्यसमितिका सल्लाहकार मानिक चन्द्र पराजुलीद्वारा खेलाडीहरुलाई म्यान अफ द म्याचको उपाधि प्रदान गरिएको थियो।

सेमिफाइनलको जित सङ्गै बेष्ट ग्रुप भिजन र ग्रामर स्कूल फाईनलमा प्रवेश गरेका छन्। दुई स्कुल फिजम कप -२०८० को उपाधिका लागि शनिबार १ बजे प्रतिस्पर्धामा उत्रने छन् । त्यस्तै मोनास्टिक र लाईसियम शनिबार ११ः०० बजे तेश्रो स्थानका लागि प्रतिस्पर्धामा उत्रने छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्