मोटरसाइकल दुर्घटनामा परी २२ वर्षीय युवकको मृत्यु

सांकेतिक तस्बिर

उदयपुर, २५ माघ । उदयपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। दुर्घटनामा थप एक जना घाइते भएका छन्।

बिहीबार मदन भण्डारी राजमार्गको गाईघाट–बेल्टार सडकखण्डअन्तर्गत त्रियुगा नगरपालिका–१३ असारीमा प्रदेश १–०५–००१–४०८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्रियुगा नगरपालिका–११ पुरानो पेट्रोलपम्पका २२ वर्षीय किरण कटुवालको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिनन्द चौधरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका कटुवालको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

मृतक कटुवालसँगै मोटरसाइकलपछाडि सवार त्रियुगा–१० बाँसबारीका २१ वर्षीय सुनील दाहाल घाइते भएका छन्। उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्