नेकपा एसले चैत मसान्तसम्ममा सदस्यता नवीकरण गरिसक्ने

काठमाडौं, २५ माघ । नेकपा एकीकृत समाजवादीले आगामी चैत मसान्तसम्म पार्टी सदस्यता नवीकरण, अध्यावधिक र विस्तार गरिसक्ने निर्णय गरेको छ।

आज पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो। पार्टीले चैत २५ गतेसम्म संगठन सुदृढीकरणको अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।

पार्टीको महाधिवेशनका निम्ति ०८१ वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने निर्णय पनि गरिएको छ। एकीकृत समाजवादीको महाधिवेशन आगामी जेठमा हुने भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्