नेपाल व्यापार संघको साधारण सभा तथा बनभोज कार्यक्रम फागुन ५ गते, अर्थमन्त्री प्रमुख आतिथि

काठमाडौँ – नेपाल व्यापार संघको ३२ औँ बार्षिक साधारण सभा तथा बृहत रमाइलो बनभोज कार्यक्रम फागुन ५ गते हुने भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम हुन लागेको नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले जानकारी दिनुभयो ।
काठमाडौँको नार्गाजुन नगरपालिकामा पर्ने स्वीटजरल्याण्ड पार्कमा उक्त कार्यक्रम हुने भएको छ । करिब १ हजार ५ सय जना सहभागी हुने उक्त बृहत बनभोज कार्यक्रमका साथै बार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष गौतमले बताउनुभयो । विभिन्न संघ संस्थाका प्रतिनिधि, कर कार्यालयका प्रतिनिधि, व्यापार संघ सँग सम्बन्धि सम्पूर्ण व्यक्तिहरुलाई अतिथिको रुपमा आमन्त्रण गरिएको छ ।

१०५ जना कार्यसमिति रहेको नेपाल व्यापार संघमा ५१ जना सल्लाहकार सदस्य, १२१ जना आजिवन सदस्य रहेका छन् । जसको नेतृत्व हाल गौतमले गरिरहनुभएको छ । २०४७ सालमा स्थापना भएको व्यापार संघ पछिल्लो समय चलयमान भएको छ । समय समयमा गोष्ठि, सेमिनार, बैठकको आयोजना गरि हरेक व्यवसायीको साथमा नेपाल व्यापार संघ रहेको छ ।

व्यापार व्यवसायी गर्नेहरुको हक हितका लागि सशक्त रुपमा आवाज उठाउदैँ आइरहनुभएका अध्यक्ष गौतम व्यवसायी तथा समाजसेवीको रुपमा परिचित छन् । काठमाडौँ महानगरपालिका वडा नं. ३२ कोटेश्वरका स्थानीय समेत रहेका गौतम विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध रहेका छन् । आफ्नो व्यक्तिगत व्यवसाय भन्दापनि समग्र व्यवसायीको हक हितका लागि कटिबद्ध रहदैँ आउनुभएका अध्यक्ष गौतमले कार्यभार सम्हालेदेखि नै नेपाल व्यापार संघलाई अझ चलायमान बनाउदैँ आउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्