नेशनल प्याब्सन काठमाडौं खेलकुद सप्ताह : प्रशान्ति एकेडेमी प्रथम, भिमेश्वर द्धितीय र ग्रीनवीच तृतीय

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौं जिल्ला समितिको आयोजनामा जारी खेलकुद सप्ताह अन्तर्गत फुटसल प्रतियोगिता अन्तर्गतका खेलकुद सम्पन्न भएको छ ।

दिक्षालय फाउण्डेशन नेपाल, बुढानिलकण्ठमा सम्पन्न भएको उक्त प्रतियोगितामा प्रशान्ति एकेडेमी प्रथम भएको छ । यसैगरी भिमेश्वर एकेडेमी द्धितीय भएको छ भने ग्रीनवीच स्कुल तृतीय भएको छ ।


प्रतियोगितामा माउण्ट ग्लोरीका १० नम्बर जर्सी उत्कृष्ट खेलाडी घोषित भए भने प्रशान्ति एकेडेमीबाट बेष्ट किपर घोषित भए । यस्तै हाइ स्कोर प्राप्त गर्नेमा भिमेश्वरका रुपेश थापा घोषित भएको अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रेम कुमार भुजेलले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्