विश्वकप फाइनल खेलाइने अमेरिकाको स्टेडियम कस्तो छ ? तस्विरमा हेरौं

नामः  न्यूयोर्क न्यू जर्सी स्टेडियम
स्थानः  पूर्वी रदरफोर्ड, न्यू जर्सी, संयुक्त राज्य अमेरिका
दर्शक क्षमताः ८२,५००
स्थापनाः  २०१०

 

काठमाडौं, २२ माघ । फिफा विश्वकप २६ को फाइनल न्यूयोर्कको न्यू जर्सीले आयोजना गर्ने भएको छ ।

 

फिफाका अनुसार फाइन खेलको होस्ट सिटीको रूपमा न्यूयोर्क न्यू जर्सी चयन गरेको जनाएको हो ।

 

जसअनुसार आइकोनिक न्यूयोर्क न्यू जर्सी स्टेडियमले आइतवार, १९ जुलाई २०२६ मा सबैभन्दा ठूलो विश्वकपको खेल देखाउँनेछ ।

यस स्टेडियमलाई वर्षौंदेखि एनफिएलका सुपरस्टारहरू होस्ट गर्न प्रयोग गरिएको छ तर फुटबलले प्रस्ताव गरेको सबैभन्दा राम्रो र स्टार खेलाडीहरूकाे सन २०२६ मा यसै मैदानबाट उदाउने अपेक्षा गरिएकाे छ ।

 

सन २०१० मा खोलिएको बहुउद्देश्यीय स्टेडियम यस स्टेडियममा सन २०१६ मा कोपा अमेरिकाको फाइनल खेल खेलाइएको थियो, जहाँ चिलीले लियोनेल मेसीको अर्जेन्टिनालाई पराजित गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्