अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० हजार नाघ्यो, ७ लाख ६४ हजार भन्दा बढी संक्रमित

काठमाडौं – अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ । वल्ड्रोमिटरको पछिल्लो आँकडा अनुसार अमेरिकामा यस भाइरसबाट ४० हजार ५ सय ६५ जनाको मृत्यु भएको छ ।

७ लाख ६४ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

ह्वाइटहाउसमा आयोजित प्रेस ब्रिफिङमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हालसम्म ४१ लाख ८० हजार अमेरिकी नागरिकमा कोरोना भाइरस टेष्ट गरिएको जानकारी दिए । उनले बढीभन्दा बढी व्यक्तिको परीक्षण गरिने पनि बताए ।

उनले अमेरिकाले जति परीक्षण अरु कुनै पनि देशले नगरेको दाबीसमेत गरे । साथै कोरोनाविरुद्ध लड्न आवश्यक आर्थिक सहयोगका लागि डेमोक्रेट पार्टीका नेताहरुसँग छलफल गर्ने जानकारी पनि ट्रम्पले दिएका छन् ।

उनले महामारी फैलिनबाट रोक्नका लागि भूमिका खेलेको भन्दै न्यूयोर्कका गभर्नर कुमोलाई धन्यवादसमेत दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्