नेशनल प्याब्सन काठमाडौँको खेलकुद सप्ताह : तान डोरी तथा एथलेटिक्स प्रतियोगिता सम्पन्न

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौं जिल्ला समितिको आयोजनामा जारी खेलकुद सप्ताह अन्तर्गत आज तान डोरी तथा एथलेटिक्स प्रतियोगिता आज सम्पन्न भएको छ । जस अन्तरगत १०० मिटर दौड छात्रतर्फ महाकवी देवकोटा स्कुलका विक्रम विष्ट प्रथम, एजीएम स्कुलका इश्वर बुढा द्वितीय र ज्ञानभुमी स्कुलका टिकालाल श्रेष्ठ तृतीय भएका छन् ।
यस्तै १०० मिटर दौड छात्रातर्फ माउन्ट ग्लोरी स्कुलकी पुजा विक प्रथम, अर्किड स्कुलकी सेविका बस्नेत द्वितीय र अर्किड स्कुलकै सिर्जना जैशी तृत्य भएकी छिन् । यस्तै तानडोरी छात्र तर्फको खेलमा मिलन धर्मस्थली स्कुल पहिलो, माइलस्टोन दोस्रो र भीमेश्वर स्कुल तेस्रो भएका छन् । तान डोरी छात्रा तर्फको खेलमा मिलन धर्मस्थली पहिलो, माइलस्टोन दोस्रो र केटिएम सेन्ट्रल स्कुल तेस्रो भएका छन् ।

यसैगरि २०० मिटर दौड छात्रातर्फ पिपुल्स स्कुलकी अन्जु थापा प्रथम, गणेश हिमाल स्कुलकी पुर्णिमा तामाङ द्वितीय र अर्किड स्कुलकी सिर्जना जैसी तृतीय भएकी छिन् । भने २०० मिटर दौड छात्रतर्फ बेर्शेबा स्कुलका अर्निक्स विश्वकर्मा प्रथम , महाकवी देवकोटा स्कुलका विक्रम विष्ट द्वितीय र भिमेश्वरका कास्विन ढुंगाल तृतीय भएका छन् ।

यसै गरि आजै सम्पन्न भएको छात्रा तर्फको सटपुट खेलमा ज्ञानभूमी स्कुलकी जेसिन्थ राइ प्रमथ, युनिभर्सल स्कुलकी सुप्रिया गुरुङ द्वितीय र माइलस्टोन स्कुलकी कृष्तस्ना तमाङ तृतीय भएकी छिन् । यसै गरि छात्र तर्फको खेलमा अरुनी स्कुलका लक्ष्मण बस्नेत प्रथम इलिगेन्ट पिअर स्कुलका निर्मल कठायत दोस्रो र ज्ञानभूमीका विक्रम रोका मगर तृतीय भएको नेशनल प्याब्सन काठमाडौँका उपाध्यक्ष एवं अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रेमकुमार भुजेलले जानकारी दिनुभयो । खेल एजीएम स्कुल सिनामंगलमा सम्पन्न भएको भुजेलले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्