उर्जा मन्त्री पुनको अगुवाईमा रोल्पाका ३ सय जनालाई घर पठाइयो

काठमाडौं – भक्तपुरमा अलपत्र परेका रोल्पाका तीन सय जनालाई आइतबार साँझ घरतर्फ पठाइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको अगुवाइमा भक्तपुरको जगाती क्षेत्रमा अलपत्र परेका तीन सय जनालाई बस चढाएर घरतर्फ पठाइएको हो ।

विभिन्न जिल्लाबाट पैदल हिँडेर भक्तपुर आइपुगेका र भक्तपुरमै अलपत्र परेकाहरूलाई आठवटा बसमा राखेर घर पठाइएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

आइतबार साँझ पानी परिरहेको समयमा अलपत्र परेका मजदुरलाई बिदा गर्न मन्त्री पुन पनि जगाती पुगेका थिए ।

 

तस्विर सौजन्य:  अनलाइनखबर

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्