स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्नेलाई नियन्त्रणमा लिन काँग्रेस प्रवक्ता शर्माको आग्रह

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्नेलाई नियन्त्रणमा लिन आग्रह गरेका छन् ।

शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीटमार्फत् आग्रह गर्दै कोरोना संकटका बेला स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्ने जो भए पनि नियन्त्रणमा लिन आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीलाई मेन्सन गर्दै शर्माले लेखेका छन, ‘स्वास्थ्यकर्मीलाई हतोत्साहित जो गर्दैछन् तिनलाई नियन्त्रणमा लिनुहोस्।’

टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनलाई स्वास्थ्य मन्त्रालयले स्पष्टिकरण सोधेको तथा त्रिवि शिक्षण अस्पताललगायतमा काम गर्ने स्वास्थ्यकर्मीलाई प्रहरीले कुटपिट गरेका खबरहरू पनि आएका थिए ।

शर्माले कोरोना महामारीलाई तेस्रो विश्वयुद्धको रूपमा संकेत गर्दै युद्धका कमाण्डर स्वास्थ्यकर्मी भएको पनि बताएका छन् । ‘आजको तेस्रो विश्वयुद्धका कमान्डर स्वास्थ्यकर्मीहरू हुन्,’ शर्माले भनेका छन्, ‘कमाण्ड गर्नेले लड्छ पनि, बोल्छ पनि।‘

कृषिबारे कृषि मन्त्रीले भन्दा कृषकले बढी जान्न सक्छन् भन्ने उदाहरण पेश गर्दै शर्माले स्वास्थ्य बारे पनि स्वास्थ्यकर्मी बढी जान्दछन् भनेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्