लकडाउनको नियम पालना गर्न पार्टीका नेता कार्यकर्तालाई राजपाको आग्रह

काठमाडौँ – राष्ट्रिय जनता पार्टी राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले लकडाउनको नियम पालना गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन्।

पार्टी स्थापना दिवसको अवसरमा आइतबार विज्ञप्ति जारी गर्दै राजपा अध्यक्ष मण्डलका संयोजक भण्डारीले महामारीबाट जोगिन सिंगो पार्टी एक ढिक्का भएर दृढ संकल्पका साथ लकडाउनको पालना गर्नुपर्ने बताएका छन् ।

आफु सुरक्षित रहि आफ्नो वडामा नागरिकहरुलाई राहतलगायत अन्य कुनै प्रकारको समस्याहरु देखिएमा समन्वयकारी भूमिका निर्वाह गर्नसमेत उनले पार्टी पङतीलाई आग्रह गरेका छन् ।

‘राष्ट्रिय जनता पार्टी नेपालको चौथो स्थापना दिवसको पावन अवसरमा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक,मतदाता तथा आमजनसमुदायलाई हार्दिक मंगलमय शुभकामना र बधाई ज्ञापन गर्दछौं,‘ भण्डारीले भनेका छन्, ‘अहिले पुरै विश्व कोरोनाभाइरसको महामारीको चपेटामा छ । त्यसकारण यस वर्ष हामीले कुनै औपचारिक कार्यक्रम गर्न सकेनौ ।’

२०७४ वैशाख ७ गते तराई मधेशमा क्रियासिल ६ राजनीतिक दलहरु मिलेर राजपा बनेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्