फिजम कप: नक आउट चरणका खेलहरूमा होब्रोन, लाईसियम र अर्किड स्कुल विजयी

काठमाडौं – फिजम कप २०८० को शनिवार भएको नक आउट चरणका खेलहरूमा होब्रोन पब्लिक स्कुल, लाईसियम प्यारडाईज स्कुल र अर्किड पुपिल स्कुल विजयी भएका छन्।

शनिवार भएको पहिलो खेलमा २-१ गोल अन्तरले होब्रोन स्कुल विजयी भयो भने दोस्रो खेलमा लाईसियम ३-१ गोल अन्तरले विजयी भएको छ । त्यस्तै तेस्रो खेलमा पेनाल्टी सुट आउटमा ५-४ गोल अन्तरले अर्किड पुपिल विजयी भयो ।

शनिबार पहिलो दोश्रो र तेस्रो खेल क्रमशः हेब्रोन र दिपिका विच, लाईसियम र एम्स बिच र भिमेश्वर एकेडेमी र अर्किड पुपिल बिच भएको छ ।

मुलपानी चौरमा भएको आजको पहिलो ,दोश्रो र तेश्रो खेलमा क्रमश: हेब्रोनका खेलाडी सोहन पण्डित , लाईसियमका खेलाडी सक्सेस सेडाई र भिमेश्वरका खेलाडि कास्विन ढुङ्गेलले म्यान अफ द म्याच को उपाधि हासिल गरेका छन ।

हेब्रोन र दिपिकाबिच बिहान ११ बजे , लाईसियम र एम्स बिच दिउसो ३ बजे खेल भएको थियो भने भिमेश्वर र अर्किड पुपिल ३ बजे प्रतिस्पर्धामा उत्रेका थिए । फिजम कार्यसमितिका सचिव सुनिल केसि र अध्यक्ष अमृत कुमार खडकाद्वारा खेलाडीहरुलाई म्यान अफ द म्याचको उपाधि प्रदान गरिएको छ ।

यससङ्गै बेष्ट ग्रुप भिजन , स्वर्णिम तारा, माउन्ट सेभ , मोनास्टिक, ग्रामर, लाईसियम प्याराडाईज , अर्किड , हेब्रोन स्कुलहरु क्वाटर फाईनलमा प्रवेश गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्