प्रधानमन्त्री कप क्रिकेटको उपाधिका लागि पुलिस र आर्मी खेल्दै

काठमाडौँ – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज दुई विभागीय टोली खेल्दैछन् । विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको फाइनल खेल बिहान सवा ९ बजेदेखि कीर्तिपुर मैदानमा शुरु हुँदैछ ।

पुलिस प्रतियोगितामा अपराजित टोली पनि हो । पुलिस लिग चरणका ९ खेलमा १८ अङ्कसहित शीर्ष स्थानमा रहेर र आर्मी ९ खेलमा ७ जितसहित १४ अङ्कका साथ दोस्रो स्थानमा रहेर उपाधि नजिकै पुगेको हो । पुलिसको दीपेन्द्रसिंह ऐरी र आर्मीको विनोद भण्डारीले कप्तानी गर्नेछन् । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर र बलर तथा उदीयमान खेलाडीले पनि नगद पुरस्कार पाउनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्