सरकारको व्यवहारले स्वदेशी लगानीकर्ता बाहिरिन्छन् : उद्योग परिसंघ अध्यक्ष अग्रवाल

काठमाडौं – नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले लगानी सम्मेलनको पूर्वसन्ध्यामा व्यवसायीमाथि धरपकड हुँदा स्वदेशी व्यवसायी नै पलायन हुने अवस्था आउने बताएका छन्।

अग्रवालले आज आयोजित पत्रकार सम्मेलनमा विदेशी लगानी भित्र्याउने भन्दै सरकारले लगानी सम्मेलन गर्ने तयारी गरेको अवस्थामा सीजी होल्डिङका अध्यक्ष तथा ग्रुपका प्रबन्ध निर्देशक अरूण चौधरीलाई पक्राउ गर्नु देशको हित विपरित भएको टिप्पणि गरेका छन्।

‘एकातिर लगानी सम्मेलन तयारी गर्ने, अर्काेतिर व्यावसायीलाई धरपकड गर्ने । यस घटनाले विदेशी लगानीकर्ता भित्रिनेभन्दा पनि स्वदेशी लगानीकर्ता नै पलायन हुने आशंका उब्जाएको छ,’ उनले भने, ‘पक्राउ गर्न नै नपाउने भन्ने होइन । तर, कुनै सूचना नदिएर पक्राउ गर्नु, अथवा जुन हिसाबले धरपकड गरियो, त्यो विषय हाम्रो अब्जेक्सन हो ।’

व्यवसायीहरूले व्यवसायीलाई कुनै जानकारी नदिई अपराधीजस्तो बर्सौं अगाडि कुरामा पक्राउन गर्नु गलत भएको उनको भनाइ थियो। व्यापारीले देशमा लगानी गरेको भन्दै दोषी नठहरिएसम्म थुनामा राख्न नहुने उनको तर्क छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्