केन्द्रीय बैंकले आज पनि २० अर्ब रुपैँया बजारबाट तान्दै

काठमाडौ – नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता भएको भन्दै धमाधम निक्षेप संकलन गर्न लगातार आज तेस्रो दिन पनि २० अर्ब तान्ने भएको छ । अघिल्लो दुईदिन अर्थात माघ १६ गते २० अर्ब र माघ १७ गते ३० अर्ब गरि बजारबाट ५० अर्ब तानेको केन्द्रीय बैंकले आज फेरी २० अर्ब रुपैयाँ तान्न लागेको हो । बैंकले आज २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो ।

यसैगरी, बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् २० अर्ब रुपैयाँ तान्ने लागेको राष्ट्र बैंकले जनाएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति फागुन ३ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।

बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्