जापान एशियन कपको क्वाटरफाइनलमा

काठमाडौँ, १८ माघ । जापान एशियन कपको क्वाटरफाइनलमा पुगेको छ ।

बुधबार सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा जापानले बहराइनलाई ३-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

जापानको जितमा रित्सु दोआन, टेकफुसा कुबो र आयस युएडाले एक एक गोल गरेका थिए । त्यस्तै बहराइनका लागि जिओन सुजुकीले एक गोल आत्मघाती गोल गरेका थिए ।

यो जितसँगै जापान क्वाटरफाइनलमा पुगेको छ र अब इरान र सिरियाबीचको विजेतासँग  खेल्ने छ । त्यस्तै यो हारसँगै बहराइन प्रतियोगिताबाट बाहिरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्