चितवनको माडीमा सालनाल सहित नवजात शिशुको शव फेला

सांकेतिक तस्बिर

चितवन,१७ माघ  । चितवनको माडीमा सालनाल सहित नवजात शिशुको शव फेला परेको छ ।

 

माडी-७, गौरीनगरस्थित उपेन्द्र आचार्यको खेतमा रहेको सालको रुखमुनि मंगलवार बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेसंगै स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

 

गर्भमा ९ महिना रही जन्मेको जस्तो देखिने सो पुरुष शिशु फाल्नेको खोजी भइरहेको माडी प्रहरीको भनाई छ । मृत शिशुको शव परीक्षणका लागि भरतपूर अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख दिपक रिजालले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्