साउदी लिगमा जाँदै राकिटिक

काठमाडौँ, १५ माघ । क्रोसियाका मिडफिल्डर इभान राकिटिक साउदी प्रो लिग जाने भएका छन् ।

स्पेनिस क्लब सेभिया छोडेर राकिटिक साउदी प्रो लिग क्लब अल शबाबमा जाने भएका हुन् ।

राकिटिक लियोनेल मेसीको क्लब इन्टर मियामी जाने चर्चाका बीच अब उनी साउदी लिगमा जाने निश्चित भएको हो ।

राकिटिकले सेभियालाई साउदी जाने जानकारी दिएको र उनले अल शबाबका लागि सोमबार मेडिकल गर्ने बताइएको छ ।

राकिटिकले सेभियामा २०२० देखि खेलिरहेका छन् । उनले अहिलेसम्म सेभियाका लागि १७४ खेल खेल्दै १९ गोल गरेका छन् ।

यसअघि उनले बार्सिलोनाका लागि २०१४ देखि २०२० सम्म ३१० खेल खेल्दै ३५ गोल गरेका थिए ।  राकिटिक क्रोसियाको राष्ट्रिय टिममा २००७ देखि २०१९ सम्म १०६ खेल खेल्दै १५ गोल गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्