कोरोना अपडेटः २३ लाख ३१ हजार बढी संक्रमित, १ लाख ६० हजार भन्दा धेरैको ज्यान गयो

काठमाण्डौ – विश्वका विभिन्न देशमा कोरोना भाइरस (कोभिड १९) बाट २३ लाखभन्दा धेरै मासिन सङ्क्रमित भएका छन् ।

दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २३ लाख ३१ हजार ७ सय २७ जनामा सङ्क्रमण पुष्टि वल्ड्रोमिटरको पछिल्लो तथ्याङ्कमा उल्लेख गरिएकोक छ । जसमध्ये ५ लाख ९७ हजारभन्दा धेरै निको भएका छन् । १ लाख ६० हजार भन्दा धेरैले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा विश्वका विभिन्न देशमा ६ हजार ५ सय ५ जनाको ज्यान गएको छ । झण्डै ८२ हजार नयाँ सङ्क्रमित थपिएका छन् ।

एकैदिन १८ सयभन्दा धेरैको ज्यान गएसँगै अमेरिकामा मात्रै ज्यान गुमाउनेको सङ्ख्या ३९ हजार नाघेको छ । झण्डै ७ लाख ३९ हजारमा सङ्क्रमण पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्