कोरोनाले जापानको चिकित्सा प्रणाली बिग्रन सक्ने चिकित्सकहरुको चेतावनी

TOKYO, JAPAN - MARCH 31: A group of Women walk along tof the shops street at the entrance of the Famous Asakusa Buddhist temple, a street usually very congested with tourists and residents, in Tokyo, Japan on March 31, 2020. While the number of people infected with Covid-19 is increasing in the Japanese capital, the metropolitan government of Tokyo asks the population to restrict outings until April 12 in order to contain the spread of the virus. Many famous places and generally very frequented by residents and tourists, have become very calm in Japanese capital. Several parks, during this period of cherry blossom, were prohibited from regrouping in order to avoid any risk of spreading the virus in the city. (Photo by DAVID MAREUIL/Anadolu Agency via Getty Images)

काठमाडाँै – जापानमा चिकित्सकहरुले कोरोना भाइरसका नयाँ केस आउने क्रम जारी रहिरहे चिकित्सा प्रणाली बिग्रन सक्ने चेतावनी दिएका छन् ।

संक्रमित बिरामीको भार र उनीहरुको उपचारमा केन्द्रित हुँदा आपतकालिनरुपमा आएका केही गम्भिर बिरामीलाई समेत अस्पतालले उपचार गर्न नपाएको जापानी अधिकारीहरुले बताएका छन् ।

कोरोना लक्षण भएका एक विरामीलाई ८० वटा अस्पतालले भर्ना लिन नमानेको जस्ता विवरणहरु उनीहरूले दिएका छन् ।

जापानका दुई चिकित्सक संघहरूले कोरोनाका कारण गम्भिर र आपतकालिन स्थितिमा उपचार गराउन आउने अन्य विरामीहरूको उपचार गर्ने अस्पतालको क्षमता कम भइरहेको जनाएको छ । अस्पतालहरूले विरामीहरू फर्काइरहनु परेको अवस्था छ ।

त्यसैगरी चिकित्सकहरूले कोरोना उपचारका लागि आवश्यक सुरक्षात्मक पोसाक तथा उपकरण लगायतका चीजहरू नभएको र जापान कोरोनाविरुद्ध लड्न तयारी अवस्थामा नरहेको जानकारी दिएका छन् । अधिकारीहरुले जिपी सर्जरीका डाक्टरहरूको समूहले कोरोनाले दिएको दबाब कम गर्न त्यहाँका अस्पतालहरूलाई सघाइरहेको बताएका छन् ।

’यो चिकित्सा प्रणालीलाई बिग्रनबाट रोक्नको लागि हो’, जिपी समूहका उप–प्रमुख कोनोशीन तामुराले रोयटर्ससँग भने, ’सबै जनाले सहयोगको हात बढाउनुपर्छ । अन्यथा अस्पतालहरू टुट्नेछन् ।’ जापानको सरकारले पछिल्लो समय ’ड्राइभ थ्रु’ गरेर परीक्षणदर बढाउन काम गरिरहेको छ ।

तर गएका बितेका हप्ताहरूमा जापानले अन्य देशहरूको तुलनामा निकै कम परीक्षण गरेको हुँदा विज्ञहरूले संक्रमणलाई पछ्याउन कठिन भइरहेको बताएका छन्। सुरुका दिनहरुमा कोरोना भाइरस जापानको नियन्त्रणमा रहेको देखिएको थियो । शनिबारसम्म जापानमा १० हजार जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । हालसम्म २०० जनाको ज्यान गएको जापानमा संक्रमणबाट राजधानी टोकियो सबैभन्दा बढी प्रभावित छ । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्