भारतमा एकै दिन २ हजार बढी कोरोनाका संक्रमित भेटिए, ५ सय भन्दा धेरैको ज्यान गयो

काठमाण्डौ – भारतमा एकैदिन २ हजार भन्दा बढी कोरोना भाइरस (कोभिड १९) का सङ्क्रमित भेटिएका छन् ।

वल्ड्रोमिटरको पछिल्लो तथ्याङ्क अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ हजार १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै भारतमा संक्रमित हुनेको संख्या १६ हजार ३ सय ६५ पुगेको छ ।

यहाँ यो भाइरसका कारण ५ सय २१ जनाले ज्यान गुमाइसकेका छन् । २४ सय ६३ जना उपचारपछि निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्