इञ्जिनियरिङको इतिहासमात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न सक्दैन : मुख्यमन्त्री कार्की

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले इञ्जिनियरिङको इतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न नसक्ने बताएका छन्। नेपाल इञ्जिनियर एशोसिएशन कोशी प्रदेशको कार्यालय भवन शनिबार उद्घाटनपछि मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका इञ्जिनियरहरूले प्रयोगात्मक अभ्यास गरेर नयाँ इञ्जिनियरिङ सिद्धान्त संसारलाई दिनु आवश्यक रहेको बताएका हुन्। ‘जनतालाई घर, पुल, कम्प्युटरसेवा कस्तो दिने किनकी अहिले सर्वसाधार्णको दैनिकी नै इञ्जिनियरको हातमा छ तर त्यो दिन सकेका छौं,’ उनले भने, ‘इञ्जिनियरिङ ईतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न सक्दैन। त्यसैले कसैले गरेको अभ्यासले बनेको इतिहासले राम्रो र फरक इञ्जिनियर बन्न सक्दैन।`

नेपालको शिक्षा कमजोर छैन त्यसैले गुगल, फेसबुक, नासालगायतका संसारभरका कम्पनिमा नेपाली प्राविधिकहरूले योगदान गरिरहेको मुख्यमन्त्री कार्कीले बताएका छन्। ´कोशीका प्राविधिक जनशक्ति संसारभर उच्च मूल्यमा बिक्रि गर्न अब प्रयोगात्मक अभ्यासमा केन्द्रित भएर अध्ययन गर्नु आवश्यक छ,` उनले भने, ´प्रदेशमा भइरहेकाे विकास निर्माण कामको गुणस्तरीय परीक्षण गरेर इञ्जिनियरहरूले प्रयोगात्मक अध्ययन सुरू गरौं।`

प्रदेश सरकारबाट पैसा माग्न आएका विद्यार्थीलाई भाैतिक निर्माण कार्यकाे गुणस्तरी परीक्षण गरेर रिपाेर्ट दिई प्याेगात्मक अभ्यास गर्न आग्रह गरेकाे मुख्यमन्त्री मार्कीकाे भनाइ थियाे। ´तुइन मैत्री प्रदेश निर्माणमा इञ्जिनियर पढ्ने विद्यार्थीलाई प्रयाेगात्मक अभ्यास गरेर इञ्जिनियरिङ विधामा नयाँ नमूना प्रस्तुत गराैं त्यसकाे लागि प्रदेश सरकारले बजेट विनियाेजन गरेकाे छ,` उनले भने, ´तर अहिलेका इञ्जिनियरहरू कार्यालय प्रमुख कहाँ गएर ६० प्रतिशत कमिशन दिन्छु, डीपीआरकाे काम दिनु भन्दै मागेर त्यसबाट भएकाे फाइदाले बेलुका टुच्च लगाएर भ्रष्टाचारी नेता मरी जा ! भनेर समाजिक सञ्जालमा लेख्छन्।` के यस्तै इञ्जिनियरले समाज परिवर्तन गर्न सक्छ भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्