कञ्चनपुरबाट एक मेडिकल संचालक पक्राउ

काठमाडौं – कञ्चनपुरबाट जोखिमयुक्त औषधि बेचेको भन्दै प्रहरीले एक मेडिकल संचालकलाई पक्राउ गरेको छ। कृष्णपुर नगरपालिका–२ बंकका मेडिकल व्यवसायी देवसिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले मेडिकलमा खानतलासी गर्ने क्रममा विभिन्न जोखिमयुक्त औषधि भेटिएपछि पक्राउ गरिएको बताए। उक्त क्षेत्रका ९ मेडिकलमा चेकजाँच गरेको थियो। सो क्रममा नेपाल औषधि व्यवस्था विभागले तोकेका मापदण्डविपरित औषधि बेचबिखन गर्ने गराउने र बिनाइजाजत औषधि बेचबिखन गरिरहेको पाइएकाले औषधिसहित संचालकलाई पक्राउ गरिएको प्रवक्ता डाँगीले बताए।

पक्राउ परेका औषधि व्यवसायी धामीका विषयमा थप अनुसन्धान गरेर कार्बाही गरिने प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्