नेपाल व्यापार संघले फागुन ५ गते बनभोज कार्यक्रम गर्ने, स्मारिका प्रकाशनको समेत तयारी

काठमाडौँ – नेपाल व्यापार संघको कार्यसमिति पदाधिकारी बैठक सम्पन्न भएको छ । आज काठमाडौँको खिचापोखरीमा सम्पन्न बैठकले महत्वपूर्ण निर्णय समेत गरेको छ । बैठकले फागुन ५ गते बनभोज कार्यक्रम गर्ने समेत निर्णय गरेको छ भने नेपाल व्यापार संघको चिनारीको रुपमा रहने गरि स्मारिका प्रकाशनको समेत अन्तिम तयारी गरेको छ ।
यसैगरी बैठकले साधारण सभा समेत गर्ने भएको छ । सम्भवतः बनभोजकै अवसरपारी साधारण सभा गर्ने र नभए छिट्टै दोस्रो मिति तय गरेर साधारण सभा समेत गर्ने तयारी गरेको नेपाल व्यापार संघका महासचिव दिपक सापकोटाले जानकारी दिनुभयो ।

यस्तै बैठकले बजारमा देखिएको समस्या, भन्सारमा देखिएका समस्या लगायतका विषयमा समेत पदाधिकारीविच छलफल भएको छ । छलफलमा भाग लिदै पदाधिकारीहरुले आ–आफ्नो धारणा राखेका थिए ।


कार्यक्रममा बोल्दै नेपाल व्यापार संघका केन्द्रिय अध्यक्ष हरि गौतमले काठमाडौँ महानगरपालिकाले न्यूरोड क्षेत्रमा पार्किङ बन्द गर्ने निर्णय तत्काल फिर्ता ल्याउन समेत महानगरपालिकाको ध्यानाकर्षण गराए । यस्तै करोडौँको व्यापार हुने न्यूरोड क्षेत्रमा पार्किङ हटाउदा व्यापार ह्वात्तै घट्नै भएकाले व्यापारीहरुलाई मारमा पार्ने निर्णय तत्काल फिर्ता लिने समेत चेतावनी दिनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्