अफ्रिकन कपबाट बाहिरियो घाना

काठमाडौँ, ९ माघ । घाना अफ्रिकन कप अफ नेसन्सबाट बाहिरिएको छ । गएराती सम्पन्न समुह चरणको अन्तिम खेलमा घाना मोजाम्बेकसँग २-२ गोलको बराबरीमा रोकिएपछि घाना प्रतियोगिताबाट बाहिरिएको हो ।

समुह बी मा रहेको घाना यो बराबरीपछि ३ खेलमा २ अंकसहित तेस्रो स्थानमा रहेको छ र प्रतियोगिताबाट बाहिरिएको हो ।

चार पटक अफ्रिकन कप जितेको घाना यस प्रतियोगितामा पहिलो खेलमा कप भेर्ड़ेसँग २-१ ले पराजित भएको थियो भने दोस्रो खेलमा इजिप्टसँग बराबरीमा रोकिएको थियो ।

अफ्रिकन कपमा समुह ए बाट इक्वेटोरियल गिनी र नाइजेरिया तथा केप भेर्ड़े र इजिप्ट दोस्रो चरणमा पुगेका छन् ।

त्यस्तै तेस्रो स्थानमा रहेका शिर्ष चार देश दोस्रो चरणमा पुग्ने छन् । आयोजक आइभरी कोष्ट सकुह ए बाट ३ खेलमा ३ अंकसहित तेस्रो स्थानमा छ भने दोस्रो चरणमा पुग्ने सम्भावना रहेको छ ।

त्यस्तै समुह ए बाट गिनी बिसाउ तथा समुह बी बाट घाना र मोजम्बेक प्रतियोगिताबाट बाहिरिएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्