यू-१९ क्रिकेट विश्वकपमा न्यूजील्याण्डसँग नेपाल पराजित

काठमाडौँ – जारी यू-१९ क्रिकेट विश्वकपमा न्यूजील्याण्डसँग नेपाल पराजित भएको छ । दक्षिण अफ्रिकामा जारी आइसिसी यू१९ विश्वकपमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो ।

न्यूजील्याण्डले नेपाललाई ३०३ रनको लक्ष्य दिएको छ । जवाफी ब्याटिङ गरिरहेको नेपालले ९ विकेट गुमाउदै ५० ओभरमा जम्मा२३८ रन जोड्न सक्यो । नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ९० रन बनाए ।

टस जितेर पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डले ५० ओभरमा ८ विकेट गुमाउदै ३०२ रन बनाएको थियो। न्यूजील्याण्डका लागि स्नेहित रेड्डीले अविजित १४७  रनको शतकीय पारी खेलेका थिए । त्यस्तै कप्तान ओस्कार ज्याक्सन ७५ रन बनाएर आउट भएका थिए । त्यसैगरी नेपाली बलर सुबास भण्डारीले ३ विकेट लिए भने गुलशन झाले २ विकेट तथा दिपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले एक एक विकेट लिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्