यु–१९ विश्वकप: न्यूजील्याण्डविरुद्ध नेपालले पहिला बलिङ गर्दै

काठमाडौं, ७ माघ । आइसिसी यु–१९ विश्वकप अन्तर्गतको खेलमा नेपालले न्युजिल्याण्डविरुद्ध टस हारेको छ ।

 

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा न्युजिल्याण्डका कप्तान ओस्कार ज्याक्सनले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।

 

न्यूजील्याण्डविरुद्ध खेल्ने नेपाली टिममा देव खनाल (कप्तान), दिपक बोहोरा, दीपक बोहोरा, अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलसन झा, दिपेशप्रसाद कंडेल, सुवास भण्डारी, उत्तम थापामगर, तिलकराज भण्डारी र आकाश चन्द खेलिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्