अयोध्याको राम मन्दिरको प्राण प्रतिष्ठामा बरूण चौधरी बिशेष अतिथि

अयोध्या – विश्वभरका हिन्दूहरूको बहुप्रतिक्षित राम मन्दिर प्राण प्रतिष्ठा भोली हुदैँछ । भोलि २२ जनवरी, २०२४ अर्थात माघ ८ गते सोमबार दिउसो १२ः २० बजेको समयमा हुने प्राण प्रतिष्ठा कार्यक्रममा विश्वभरीका हिन्दु धर्मालम्बीको उपस्थिति हुने भएको छ ।

सोही सन्दर्भमा निमन्त्रणा गरिएका विशेष अतिथिहरूमा नेपालका वरुण चौधरी पनि सहभागी हुने भएका छन । आयोजक श्री राम जन्मभूमि तिर्थ क्षेत्रले निमन्त्रणा गरेको चौधरीलाई बिशिष्ट पाहुनाहरू प्रवेश हुने सुग्रिव किल्लाबाट प्रबेशको व्यवस्था मिलाईएको छ । कार्यक्रममा नेपालका वरुण चौधरीको उपस्थितिले अन्तर्राष्ट्रिय महत्व बढेको जनाइएकाे छ । केही समय अघि उनले बागेश्वर बाबालाइ नेपाल ल्याएर हिन्दुहरूको ठुलो जमघट गराएका थिए ।

अयोध्याको मुटुमा यस शुभ अवसरलाई मनाउने कार्यक्रमले भारत भित्र मात्रै होइन, विश्वभरका अनुयायीहरूको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको  हिन्दु सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष निरज शाह बताउँछन् । उनि भन्छन्, ‘रामम मन्दिर प्राण प्रतिष्ठा समारोह भक्तहरूको लागि एक ऐतिहासिक क्षण हो,  अयोध्यामा अवस्थित यस मन्दिरले हिन्दूहरूका लागि ठूलो धार्मिक र सांस्कृतिक महत्त्व राख्छ, र यसको निर्माण वर्षौंदेखि छलफल, विवाद र समाधानको केन्द्र बिन्दु भएको छ ।’ राम मन्दिर प्राण प्रतिष्ठा समारोह हिन्दू समुदायको दृढताको प्रमाणको रूपमा  रहने छ । विश्वभरका  विभिन्न पृष्ठभूमिका  हिन्दू व्यक्तिहरूलाई यस ऐतिहासिक क्षणमा साक्षी र भाग लिन एकसाथ निमन्त्रणा गरिएको छ । नेपालबाट करिव ३०० जनालाई निमन्त्रणा गरिएको वताईए पनि अन्य कसैको विशेष निम्तोको पहिचान भएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्