बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा

काठमाडौँ, ५ माघ । बार्सिलोना स्पेनिस कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले युनियनइस्टासलाई ३-१ गोल अन्तरले पराजित गर्दै यस सिजनको कोपाको क्वाटरफाइनलमा पुगेको हो ।

बार्सिलोनाको जितमा फेरान टोरेज, जुलेज कोउन्डे र अलेजान्द्रो बल्डेले एक एक गोल गरेका थिए । त्यस्तै युनियनइस्टासका लागि अल्भारो गोमेजले एक गोल गरेका थिए ।

योसँगै यस सिजनको कोपा डेल रे को क्वाटरफाइनलमा पुग्ने ८ क्लबको टुंगो लागेको छ । जसमा बार्सिलोनासहित  एटलेटिको म्याड्रिड, एथलेटिक बिल्बाओ, सेल्टा भिगो, गिरोना, मल्लोर्का, रियल सोसियडाड र सेभिया रहेका छन् ।

क्वाटरफाइनलको ड्र आज हुने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्