धनगढीमा उपचाररत कोरोना संक्रमित ५ जना मध्ये एक जनाको रिपोर्ट नेगेटिभ

कैलाली – सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित ५ जनामध्ये एक जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ ।

भारतबाट फर्किएका लम्की चुहा नगरपालिका १ का २१ वर्षका युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले बताए ।

भारतबाट आएर कैलालीस्थित प्रतापपुर क्वारेन्टाइनमा बसेका उनको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा उपचारत थिए ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत अरु चार जना कोरोना संक्रमितको भने दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, उनकी ३४ बर्षीय भाउजु, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुष र लम्की चुहा नगरपालिका– १ कि ६५ वर्षीया महिलाको कोरोना रिपोर्ट फेरि पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्