दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको दिवा बस दुर्घटना

तस्बिर: पत्रकार गणेश धामीको फेसबुक वालबाट

दार्चुला – दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको दिवा बस दुर्घटना भएको छ । दार्चुला सदरमुकाम खलंगाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायात प्रा.लि.को सू.प्र.प्र.०२ ००१ ख १०३१ नम्बरको  दिवा सेवाको यात्रुवाहक बस आज विहान महाकाली नगरपालिका वडा नं. ५ को फोहरमैला विसर्जन केन्द्र नजिक दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार चालक सहित १४ जना घाइते भएका छन भने २ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भैरहेको छ ।
घटना के कति कारणले हुन पुग्यो त्यसको अनुसन्धान प्रहरीले गरिरहेको छ । घटनाबारे पूर्ण जानकारी प्राप्त हुन बाँकि रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्