काभ्रेको पनौती कुशादेवीमा रहेको डाइमण्ड हिल रिसोर्ट पर्यटकहरूको पहिलो रोजाईमा

कुशादेवीमा रहेको डाइमण्ड हिल रिसोर्ट पर्यटकहरूको पहिलो रोजाईमा पर्ने गरेको छ । गुणस्तरीय सेवाका कारण लोकप्रिय भएको अन्तर्राष्ट्रियस्तरको डाइमण्ड हिल रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकहरूको मन जित्न सफल भएको हो । प्राकृतिक सौन्दर्यमाझ रहेको रिसोर्टले प्रकृति प्रेमीहरुलाई आकर्षित गर्दै आएको छ ।

रिसोर्टबाट देखिने आठ वटा हिमशृङ्खलाका दृश्यहरू अवलोकनका लागि पनि स्वदेशी तथा विदेशी पाहुनाहरू रिसोर्टमा रात बिताउन पुग्ने गर्छन् । हरियालीका बिचमा रहेको रिसोर्टबाट जङ्गली जीवजन्तुहरू जरायो, बँदेल,खरायो , मृग, कालिज लगायत विभिन्न प्रजातिका चराचुरुङ्गीहरू पनि प्रत्यक्ष रूपमा हेर्न सकिने रिसोर्टका प्रबन्ध निर्देशक राजन थापाले जानकारी दिएका छन् ।

पिकनिक स्पट, पौडी पोखरी, क्याम्प फायर, डिजे जस्ता सेवा सुविधा समेत प्रदान गर्दै आएको रिसोर्टमा सभा, सम्मेलन, गोष्ठी गर्नको लागि सुविधासहित हलहरूको पनि व्यवस्था छ । रिसोर्टमा सुविधा सम्पन्न स्वीट, डिलक्स, स्टयाडर्र्ड कोठाहरू रहेका छन् । रिसोर्टभित्रै रेष्टुरेन्ट , बार, भान्सा घरको सेवा समेत रहेको छ ।

हाइकिङका लागि साँगा,लाकुरीभंज्याग, नमोवुध्द, वल्थली, धुलिखेल ,आशापुरी,भालेश्वर, नागी डाँडा,गुर्दुम डाँडा, ठूलीपोखरी र रानीकोट सम्मको गन्तव्य रहेको र अर्ग्यानिक खानेकुरा रिसोर्टको अर्को विशेषता भएको रिसोर्ट पनौती क्षेत्रकै नमुना रिसोर्टका रूपमा स्थापित भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्