वित्थडचिर गाउँपालिकाको १४औँ गाउँ सभा सम्पन

काठमाडौँ – बझाङ को वित्थडचिर गाउँपालिका को १४औ अधिवेशन तथा गाउँ सभा सम्पन भएको छ। आज देउलेक स्वास्थ्य चौकी को सभाहलमा विभिन्न विषयमा छलफल गर्दै १४ औं गाउँ सभा तथा अधिवेशन बुधवार सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष अमरसिंह महर को अध्यक्षतामा भएको अधिवेशनमा विकासको अवस्था, बजेटको खर्च विवरण, कार्यक्रमको उपलब्धि, गुनासा, काम गर्दाका समस्याका बारेमा वडा अध्यक्षहरुले आपनो भनाइ राखेका थिए । त्यस्तै विनियोजित बजेटमा केही रकम हेरफेर र यसअघि सम्पन्न कामको समीक्षा गर्नुका साथै बजेटमा हेरफेर र केही कानुन बनाइएको सभा अध्यक्ष महरले बताउनुभएको छ ।यस्तै १४ औं गाउँसभा तथा अधिवेशमा बजेट बिनियोजनजन सम्बन्धित प्रस्तुत गाउँपालिका उपाध्यक्ष धनलक्ष्मी सिंह मल्लले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्