सुर्य तामाङले पाँच विकेट लिएपछि आर्मी ९७ रनमा अलआउट

काठमाडौँ, ३ माघ । त्रिभुवन आर्मी क्लब ९७ रनमा अल आउट भएको छ ।  जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत जारी खेलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ९७ रनमा अल आउट गरेको हो ।

 

बागमतीका सुर्य तामाङले ५ विकेट लिएपछि आर्मीको ब्याटिंग लाइन धारासायी भएको थियो । टस जितेर पहिला ब्याटिंग गरेको आर्मी २७.१ ओभरमा अलआउट हुदै ९७ रन मात्र बनाएको हो ।

 

बागमती प्रदेशका बलर प्रतिष जिसी र रिजन ढकालले २-२ विकेट लिए भने क्रिजन गुरुङले एक विकेट लिएका थिए ।

 

आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्बाधिक २८ रन बनाए भने भिम सार्कीले १८ तथा विवेक यादवले ११ रन बनाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्