पीएम कपमा आज दुई खेल हुदैँ

काठमाडौं, ३ माघ । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुदैँछन् ।

आज भैरहवामा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशको सामना गर्दै छ भने मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबको सामना गर्ने छ ।

 

कर्णाली प्रदेशले अहिलेसम्म २ खेलमा एक खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । त्यसैगरी लुम्बिनी प्रदेशले पनि एक खेलमा जित हासिल गरेको छ भने एक खेलमा हार बेहोरेको छ ।

 

त्यसैगरी बागमती प्रदेशले अहिलेसम्म खेलेका ३ खेलमा एक जित र २ खेलमा हार बेहोरेको छ भने त्रिभुवन आर्मी क्लबले खेलेको एक खेलमा जित हासिल गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्