सिम्रौनगढका बिन परिवारलाई सवालाख सहयोग, पाँच लाखको घोषणा

सञ्जय मिश्रा

रौतहट, २ पुस । नेपाली कांग्रेस मधेस प्रदेश  समितिका सभापति एवं  प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कृष्णा प्रसाद यादवले बाराको सिम्रौनगढ १ का स्वर्गीय लक्षमी मुखिया बिनको परिवारलाई १ लाख २५ हजार रुपैयाँ सहयोग गरेका छन्।

प्रहरीको ज्यादतिले  बिनको ज्यान गएको भन्दै मंगलबार एक कार्यक्रमबीच सभापति यादवले उनको परिवार लाई १ लाख २५ हजार रुपैयाँ सहयोग गर्नुका साथै थप ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको सहभागी कांग्रेस नेता चन्द्रशेखर यादवले बताएका छन्।

सिम्रौनगढ नगरपालिकामा तालाबन्दी तथा घेराउ गर्ने विषयमा गत पुस महिनामा भएको झडपमा प्रहरीले चलाएको गोली बिनको टाउको  लागेर घटनास्थलमै मृत्यु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्