कञ्चनपुरमा माघ ३ गतेदेखि एनप्याबसन खेलकुद महोत्सव हुने

प्रकाश भट्ट, कञ्चनपुर – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन-प्याब्सन) कञ्चनपुरको आयोजनामा माघ ३ गतेदेखि महेन्द्रनगरमा एनप्याब्सन खेलकुद महोत्सव २०८० हुने भएको छ ।

महोत्सवबारे जानकारी दिने उद्देश्यले महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा एनप्याब्सन कञ्चनपुरका अध्यक्ष झङ्कर राज जोशीले एनप्याब्सन कञ्चनपुरले खेलकुद महोत्सव  २०८० गर्न लागेको बताए। महोत्सवबाट एनप्याब्सनमा आबद्ध विद्यालयको शैक्षिक एवम् अतिरिक्त क्रियाकलाप लगायत विविध क्षेत्रको उन्नति र प्रगतिमा टेवा पुग्ने विश्वास लिइएको उनले बताए ।

एनप्याब्सन का केन्द्रिय सदस्य सत्येश बहादुर चन्दले वृहत रूपमा खुल्ला मञ्चबाट प्रभात फेरी गरि बजार परिक्रमा गरेर खेलको सुरुवात गरिने छ भने १०  हजार विद्यार्थी र २ हजार बढि शिक्षक कर्मचारीहरूले सहभागिता  रहने  बताए। एनप्याब्सन कञ्चनपुरका सचिव  एवम् खेल संयोजक बलदेव भट्टका अनुसार माघ ४ गतेदेखि ६ गतेसम्म कभर्डहलको प्राङ्गणमा बिभिन्न खेलकुदहरु गरिने छन् ।

अहिले आधारभुत तहदेखि नै कक्षा १२ सम्म बिभिन्न चरणमा हाइजम्प लङ जम्प, दौड भलिबल, टेबल टेनिस, ब्याट मिन्टन लगायतका खेलकुद खेलाइने उनले जानकारी दिए । विद्यार्थीको बौद्धिक, शारीरिक पक्षमा ह्रास आउन नदिन खेलकुदमा सहभागी हुनुपर्ने उनको भनाइ रहेको छ। ‘इलेक्ट्रोनिक डिभाइसमा अभ्यस्त हुँदा अध्ययनमा अतिआवश्यक क्रियाकलाप नभएर विद्यार्थीको सकारात्मक विकासमा ह्रास आएको छ। विगतका कठिन अवस्थालाई पार गर्दै सामान्यीकरण भएकाले अब विद्यार्थीको सर्वाङ्गीण विकासलाई ध्यान दिँदै खेलकुद महोत्सवलाई निरन्तरता दिँदैछौ’, उनले भने।

कोराना महामारीका कारण गएको २०७५ सालपछि एन प्याब्सनको खेलकुद महोत्सव रोकिएको हो। हरेक १ वर्षको अन्तरमा एन प्याब्सन खेलकुद महोत्सव हुँदै आइरहेको छ। खेलकुद र पढाइ एउटै पाटोको सिक्का भएको हुँदा खेल महोत्सव सञ्चालन हुन लागेको संयोजक  भट्टले बताए।  अहिले आधारभुत तहदेखी नै कक्षा १२ सम्म बिभिन्न चरणमा हाइजम्प लङ जम्प, दौड भलिबल, टेबल टेनिस, ब्याट मिन्टन लगायतका खेलकुद खेलाइने उनले जानकारी दिए ।

जिल्लाभरमा १ सय ३५ वटा विद्यालयहरू रहेको जसमध्ये ६० भन्दा बढी विद्यालयहरूको सहभागिता रहने भएको छ । साथै, राष्ट्रपति रनिङ सिल्डका ११ र १२ का विद्यार्थीहरूले मात्रै सहभागिता जनाउने र बाँकी तलका विद्यार्थीहरूले नपाउने भएपछि उनिहरूलाइ कम मात्रामा खेलमा सहभागी गराइने भएकाले उनीहरूको पनि प्रतिभालाई मध्ये नजर गर्दै यो वर्षदेखि आधारभुत विद्यालयलाई पनि सहभागी गराई खेल गराइने एनप्याबसन जिल्ला सचिव एवम् खेलकुद संयोजक बलदेव भट्टको भनाइ रहेको छ।

खेलकुद महोत्सवमा १२८ स्वर्ण, १२८ रजत, १३६ कास्य पदकका लागि खेलाडीको भिडन्त हुनेछ। खेलकुद महोत्सवको प्रभात फेरी सहित माघ ३ गते १२ बजे खुल्ला मञ्चमा उद्घघाटन गरिने छ भने बाँकी खेलहरू महेन्द्रनगर स्थित कबड हलमा सञ्चालन हुने छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्