भीमदत्त ११ का वडा अध्यक्ष थापाद्वारा कैदीबन्दीलाई पुस्तक र खेल सामाग्री वितरण

प्रकाश भट्ट, कञ्चनपुर – कञ्चनपुरका एक जनप्रतिनिधि (वडा अध्यक्ष) ले कैदीबन्दीलाई पुस्तक र खेलकुद सामाग्री वितरण गरेका छन् । भीमदत्त नगरपालिका ११ का अध्यक्ष प्रकाश थापाले कैदीबन्दीहरूका लागी पुस्तक र खेल सामग्री हस्तान्तरण गरेका हुन् । वडाध्यक्ष अध्यक्ष थापाले आइतबार एक कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका कैदीबन्दीका लागि पुस्तक एवम् खेल सामग्री वितरण गरेको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष थापाले विभिन्न मुद्दामा रहेका थुनामा रहेका कैदीबन्दीको सकारात्मक सोचको विकास गर्ने उद्देश्यले पुस्तक वितरण गरेको हुन । भीमदत्त नगरपालिका ११ का वडाध्यक्ष प्रकाश थापाले विभिन्न २९ प्रकारका पुस्तक कैदीबन्दीका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल थापालाई हस्तान्तरण गरेका छन । जिल्ला प्रहरी कार्यालयमार्फत ती पुस्तकहरू जिल्ला प्रहरी कार्यालयमा थुनामा रहेका र जिल्ला कारागारका पढ्न इच्छुक कैदीबन्दीहरूलाई दिइने बताइएको छ ।

कञ्चनपुरका प्रहरी प्रमुख एसपी थापाले भीमदत्त नगरपालिका ११ का वडा अध्यक्ष प्रकाश थापाले चालेको कदमको प्रशंसा गर्दै हिरासतमा रहेका बेला सकारात्मक सोच विकास गर्ने पुस्तकहरू पढी सुध्रन सहयोग हुने र समय व्यतीत गर्न पुस्तकले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन । सामाग्री हस्तान्तरण गर्ने मौका मिलेकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता गरे। साथै प्रहरी उपरीक्षक थापाले सोमबारदेखि थुनामा रहेका कैदीहरूका लागि योग कक्षा समेत सञ्चालन हुने बताएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्