प्रसंसा सिर्जनशील महिला समाजले काठमाडौँमा डेउडा खेलेर मनायो मकर संक्रान्ति

काठमाडौँ – प्रसंसा संरक्षण समुह, प्रसंसा सिर्जनशील महिला समाजले काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि मकर संक्रान्ति मनाएको छ ।
सोमबार काठमाडौँको पेप्सिकोला स्थित गेटवे एकेडेमीमा डेउडा खेलेर कार्यक्रम मनाएको हो । सुदूरपश्चिमका जिल्लाहरुबाट काठमाडौँमा बसोबास गरिरहेका सुदूरपश्चिमबासीहरुलाई भेला गराएर समाजले कार्यक्रमको आयोजना गरेको हो । सुदूरपश्चिमको कला, संस्कृति र साहित्यको जगेर्ना गर्नु कार्यक्रमको मुख्य उद्देश्य भएको प्रसंसा संरक्षण समुहका अध्यक्ष हरि अवस्थीले जानकारी दिए । कार्यक्रममा काली–कर्णालीको संस्कृति पुस्तकका लेखक यज्ञराज उपाध्याय, प्रसंसा संरक्षण समुहका संस्थापक अध्यक्ष अम्बादत्त भट्ट, गायिका रितु भट्टराई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी सबैलाई तरुल, सेल लगायतका खानेकुरा दिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्