पोखराबाट नौ जुवाडे पक्राउ

कास्की, २९ पुस । प्रहरीले पोखराबाट नौ जना जुवाडेलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका-८ न्यूरोड बस्ने म्याग्दी अन्नपूर्ण गाउँपालिका-६ घर भएकी दिपा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले दिपासहित नौ जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार १ सय ७५ रूपैयाँ र  चार बुक ताससहित पक्राउ गरेको जनाएको छ। उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्