बरण्डामा आगो ताप्दै गरेकी ७५ वर्षीया वृद्धाको जलेर मृत्यु

सांकेतिक तस्बिर

बर्दिया, २९ पुस  । बर्दियामा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा मधुवन नगरपालिका-४ बसन्ता भुल्लनचोककी ७५ वर्षीया चिन्की थरुनी रहेकी छिन्।

 

आगोले जलेर उनको आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै घरको बरण्डामा आगो ताप्ने क्रममा उनको शरीरमा आगो सल्केको थियो।

 

कपडाबाट आगो सल्किँदा उनको जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्