जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

कास्की, २९ पुस । पोखरा महानगरपालिका-८ न्यूरोड बस्ने म्याग्दी अन्नपूर्ण गाउँपालिका-६ घर भएकी दिपा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपा समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार १ सय ७५ रूपैयाँ र  ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्