मोन्जामाथि इन्टर मिलानको शानदार जित

काठमाडौँ, २९ पुस । इटालियन सिरी ए अन्तर्गत इन्टर मिलानले मोन्जामाथि शानदार जित हासिल गरेको छ ।

 

गएराती सम्पन्न खेलमा इन्टर मिलानले मोन्जालाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

 

इन्टर मिलानको जितमा हकान कलहानोग्लू र लाउतारो मार्टिनेजले २-२ गोल गरेका थिए भने मार्कस थुरामले एक गोल गरेका थिए ।

 

त्यसैगरी मोन्जाका लागि एक गोल माटेओ पेस्सिनाले गरेका थिए ।

 

यो जितपछि इन्टर मिलानले सिरी ए मा आफ्नो अग्रता बढाएको छ । इन्टर मिलानको २० खेलमा ५१ अंक रहेको छ ।

 

त्यस्तै मोन्जाको भने २० खेलमा २५ अंक रहेको छ र लिगमा ११औं स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्