पेशाको इज्जत राखेर काम गर्न नव इन्जिनियरहरुलाई निर्देशन

भक्तपुर, २९ पुस । नेपाल इन्जिनियरिङ परिषदका अध्यक्ष प्राडा पदमबहादुर शाहीले पेशाको इज्जत राखेर काम गर्न नव इन्जिनियरहरुलाई निर्देशन दिएका छन् ।

 

जहाँं बसेर काम गरे पनि इथिक्स (आचारसंहिता)मा रहेर काम गर्न उनले नयाँं इन्जिनियरहरुलाई निर्देशन दिए ।

 

नेपाल इन्जिनियरिड कलेज (नेक) दुवाकोट चांँगुरानारण भक्तपुरबाट कप्युटर, आर्किटेक्ट, इलेक्टिकल एण्ड इलेक्टोनिक्स र इलेक्टोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियर पढेर पढाई पूरा गरेका विद्यार्थीको विदाईमा शनिबार कलेजले गरेको विदाई कार्यक्रममा उनले प्राप्त अंकसँंगै अहिले सवैकुरा हेरिने भएकाले इमान्दारितापूर्वक काम गर्न उनले निर्देशन दिए ।

 

इमान्दारिता मात्रै होइन, कामप्रतिको लगाव, दृढ इच्छाशक्ति, समयको परिपालना पनि उतिकै महत्वपूर्ण रहेको छ, उनले भने, माक्स मात्रै राम्रो आएर अहिले पुग्दैन । उनले सैद्धान्तिक ज्ञानसँंगै प्रयोगात्मक कुराहरु पनि उतिकै महत्वपूर्ण रहेको बताए ।
पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन डा राजेश ठकुराठीले नव इन्जिनियरहरुले मेहनतका साथ काम गर्नुपर्ने आवश्यकता औंल्याए । सुरुका केही वर्षहरुमा संघर्षका साथ काम गरे पछि विस्तारै सहज हुँदै जाने अनुभब उनले सुनाए । मिहनेतका साथ काम गरे इन्जिनियरहरुलाई नेपालमै राम्रो रहेको पनि उनले बताए ।


कलेजका कार्यबाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले कलेजबाट विदा भएका विद्यार्थीहरुलाई इमान्दारिताका साथ काम गर्न निर्देशन दिए । उत्पादित विद्यार्थी नै कलेजको वास्तविक व्राण्ड एम्वेसडर भएको भन्दै उनले आचारसंहितामा रहेर काम गर्न निर्देशन दिए । साथै उनले विदाई भइ गएका विद्यार्थीबाट भालिका दिनमा पनि कलेजका लागि सल्लाह, सुझाब, सहयोग पाइरहने विश्वास व्यक्त गरे ।

नव इन्जिनियरहरुले आफूहरुले स्वदेशमै बसेर काम गर्ने प्रतिवद्धता जनाए । दस जोड दुई उतीर्ण हुने वितिकै विदेश जाने प्रबृति वढिरहेको बेला स्नातक तह उतीर्ण नव इन्जिनियरहरुले आफनो शीप र ज्ञान आफनै देशका लागि रहने बताए ।
इलेक्टिकल एण्ड इलेक्टोनिक्समा इन्जिनियरिंग उतीर्ण विदाई भएका विद्यार्थी सरोज महर्जनले स्वदेशमै बसेर काम गर्ने प्रतिवद्धता जनाए । स्वदेशमा बसेर पढेका कुराहरुलाई राम्ररी व्यवहारिक रुपमा बुझने गरी अनुभब बटुल्न नेपालमै वस्ने योजना रहेको उनले सुनाए ।

विदाई भएका विद्यार्थीहरु आर्किटेक्टका हिमाल रोकाया, कम्प्युटरका युवराज महतो, इलेक्टोनिक्स एण्ड कम्युनिकेशनका बलराम राईले स्वदशमै वसेर राम्रो काम गर्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्