फुलह्याममाथि चेल्सीको १-० को जित

काठमाडौं, २९ पुस । ईङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले फुलह्यामलाई पराजित गरेको छ ।

 

शनिबार सम्पन्न खेलमा चेल्सीले फुलह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

 

चेल्सीको जितमा कोल पाल्मेरले गरेको गोल नै निर्णायक गोल बनेको थियो । पाल्मेरले खेलको पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

 

यो चेल्सीको यस सिजनमा नवौं जित हो । यो जितपछि चेल्सीको २१ खेलमा ३१ अंक भएको छ र लिगमा आठौँ स्थानमा रहेको छ ।

त्यस्तै फुलह्यामको २१ खेलमा २४ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्