राशिद खानको शतकमा पुलिसले बागमतीलाई दियो २८३ रनको लक्ष्य

काठमाडौँ, २८ पुस । आजदेखि शुरु भएको पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा राशिद खानले शतक प्रहार गरेका छन् ।

 

नेपाल पुलिस क्लबबाट खेलिरहेका राशिदले बागमती प्रदेशविरुद्ध १०६ रन अविजित बनाउदै शानदार ब्याटिंग गरेका हुन् ।

 

राशिदको शतक तथा आरिफ सेखको ५७ रनको मद्धतले पुलिसले बागमती प्रदेशलाई २८३ रनको लक्ष्य दिएको छ ।

 

टस जितेर पहिला ब्याटिंग गरेको पुलिसले ५० ओभरमा ८ विकेट गुमाएर २८२ रन बनाएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्