निङ्गलासैनी आधारभुत विद्यालयको ३१औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ – निङ्गलासैनी आधारभुत विद्यालयको ३१औँ वार्षिकोत्सव विविध कार्यक्रम गरि मनाएको छ । शुक्रबार बैतडीको डिलासैनी गाउँपालिका वडा नं.६ मा अवस्थित निङ्गलासैनी आधारभुत विद्यालयको ३१औँ वार्षिकोत्सव विविध कार्यक्रम गरि मनाइएको प्रधानाध्यापक मोहन बहादुर बोहराले जानकारी दिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बोहराले विद्यालयको आयव्यय प्रस्तुत गरेका थिए । वडा नं. ६ का वडा अध्यक्ष उत्तरबहादुर बोहराको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष बोहराले विद्यालयको शैक्षिक र भौतिक प्रगतिमा महत्वपूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर मालको सभापतित्वमा भएको कार्यक्रममा पूर्व कम्प्युटर शिक्षक अमरसिंह मालको विदाई गरिएको थियो । विव्यस अध्यक्ष मालले विद्यालयलाई उत्कृष्ट बनाउन सबै पक्षको सहयोग आवश्यक भएको औल्याए । कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्