नेपालमा एकै दिन १४ जना कोरोनाका संक्रमित भेटिए, संक्रमितको संख्या ३० पुग्यो

काठमाडौं – नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड(१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उदयपूरमा भेटिएका संक्रमित  १२ जना सबै पुरुष भएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  अर्का दुई जना संक्रमित भने चितवनका २७ र ६३ वर्षिया पुरुष भएको स्वास्थ्य मन्त्रायले आफ्नाे आधाकारिक फेसबुकमा पेजमा उल्लेख गरेको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्