कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगरप्रवक्ता तथा वडाध्यक्ष खड्का मृत भेटिए

महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ वडाध्यक्ष महेन्द्र खड्का मृत फेला परेका छन् । आज बिहान महेन्द्रनगरको ऐडपुर रोडको नहर किनाराको सडकमा मोटरसाइकल सहित उनी मृत फेला परेका हुन् । घटनाको प्रकृति हेर्दा सडक दुर्घटना देखिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले म१प ४८५२ नम्बरको मोटरसाइकल चढेका खड्का आज बिहान मृत भेटिएको बताए ।
उनकाअनुसार वडाध्यक्ष थापा दुर्घटनाग्रस्त अवस्थामा देखेपछि स्थानीयले बिहान प्रहरीलाई खबर गरेका थिए । उनी नगर प्रवक्ता समेत हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्