मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

काठमाडौँ – मोटरसाइकल दुर्घटनामा कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का वडाध्यक्ष महेन्द्र खड्काको मृत्यु भएको छ। गएराति भीमदत्त नगरपालिका-६ ऐठीपुरस्थित भित्री सडकमा उनले चलाएको म १ प ४८५२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा वडाध्यक्ष खड्काको मृत्यु भएको हो।

कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी प्रकाश डाँगीका अनुसार आज बिहान मोटरसाइकल दुर्घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए।घटनास्थल पुगेको प्रहरीको टोलीले दुर्घटनाग्रस्त मोटरसाइकल र वडाध्यक्ष खड्कालाई मृत फेला पारेको डिएसपी डाँगीले जानकारी दिए।घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्